Policies & Strategies

 कम्पनीले व्यहोर्ने आर्थिक दायित्वः

यस कम्पनीमा आवद्धता दस्तुर तिरी आवद्ध भई कम्पनीलाई प्रति ट्रिप÷दैनिक÷मासिक शुल्क अग्रीम रूपमा तिरी सवारी साधन सञ्चालन गर्दा दुर्घटना भई धनजनको क्षति भएकोमा निम्न बमोजिमको आर्थिक दायित्व यस कम्पनीले व्योहोर्न मन्जुर गर्दछ ।

  • सवारी साधन संचालन गर्दा दुर्घटना भई सवारी साधनको क्षति भएमा सो को मर्मत गर्दा लाग्ने खर्च कम्पनीले व्योहोर्ने छ ।
  • सवारी साधन दुर्घटना हुँदा यात्रु तथा अन्य मानिसहरू घाइते भएमा, अंगभंग भएमा, निजहरूको उपचार खर्च, क्षतिपूर्ति नियमानुसार कम्पनीले व्यहोर्ने छ ।
  •  दुर्घटना हुँदा यात्रु तथा अन्य मानिसहरू मृत्यु भएमा प्रचलित कानुन बमोजिम मृतकका परिवारहरूले पाउने क्षतिपूर्ति तत्कालको अवस्थामा कम्पनीले निजको कानुनी हकवालालाई उपलब्ध गराउने छ ।
  •  सवारी साधन दुर्घटना हुदाँ माथि दफा ४ को क,ख,ग बमोजिम सवारी साधनको क्षति, घाइते तथा अंगभंग भएका मानिसहरूको उपचार खर्च, क्षतिपूर्ति, मृतकका परिवारहरूलाई दिएको रकम कम्पनीले दिने तिर्ने भएको हुदाँ सो दुर्घटना भएको सवारीसाधन, घाइते तथा मृतकका परिवारले वीमाबाट प्राप्त गर्ने सम्पुर्ण रकम यस कम्पनीले लिन पाउने छ । वीमाबाट पाउने रकममा सवारीधनी, घाइते र मृतकका परिवारले कुनैपनि रूपमा दावी गर्न पाउने छैनन । वीमा दावी गर्न आवश्यक पर्ने कागजात सवारीधनीले यस कम्पनीलाई उपलब्ध गराउनु पर्ने छ ।
  •  एउटै सवारी साधन एकै वर्षमा २ पटकसम्म दुर्घटना भएमा सो सवारी साधनको क्षति यस कम्पनीले पुरा व्यहोर्ने छ । तर सोही सवारी साधन तेश्रो पटक दुर्घटना भएमा सो मा भएको सम्पत्ति क्षतिको ७० प्रतिशत र सोभन्दा बढी पटक दुर्घटना भएका सो मा भएको क्षतिको ५० प्रतिशत रकम मात्र यस कम्पनीले व्यहोर्र्ने छ । तर दुर्घटनाबाट भएकोे मानवीय क्षतिको कानुन बमोजिम दिनुपर्ने क्षतिपूर्ति तथा घाइतेको औषधी उपचारको खर्चको पूर्ण जिम्मेवारी लिई यस कम्पनीले व्यहोर्नु पर्ने छ । जस अनुसार एकै वर्षमा २ पटकभन्दा माथि दुर्घटना भई सवारीधनीले व्यहोरेको प्रतिशत रकम वीमा दावी भुक्तानी पश्चात सोही प्रतिशतका आधारमा सवारीधनीलाई उपलब्ध गराइने छ ।
  •  व्यापक वीमा भएका सवारी साधनबाट तेस्रोपक्ष सवारी साधन क्षति भएमा सोको क्षति आधिकारिक मूल्याङ्कन विधिअनुसार ठहर भएको क्षति रकम सोझै सवारीधनीलाई उपलब्ध गराइनेछ । क्षति रकममा आधिकारिक मूल्याङ्कन विधिअनुसार तय नभए वा क्षति रकममा सहमति नभए यस कम्पनीले सवारी साधनको प्रकृति हेरी उपयुक्त ग्यारेज, वर्कशप, सोरूम आदिमा मर्मत संभारको व्यवस्था मिलाउने छ । तस्तो अवस्थामा वीमाबाट सवारीधनीलाई प्राप्त हुने रकम यस कम्पनीले दावी गरी लिन पाउने छ । सो रकममा सवारीधनी तथा अन्य व्यक्तिले कुनै दावी गर्न पाउने छैन ।
  •  दुर्घटनाबाट कुनै पनि प्रकृतिका चौपायाको घाईते तथा मृत्यु भएमा सो को उपचार तथा क्षतिपूर्तिवापत क्षति भएको चौपायाको प्रकृति हेरी प्रचलित ऐन कानुन अनुसार चौपाया धनीलाई भुक्तानी गर्ने छ ।
  •  सवारी साधान दुर्घटना भई सवारी साधान चालु हालतमा नै रहेको अवस्थामा ५ दिन भन्दा बढी प्रहरी प्रशासन कार्यालयमा रहनु पर्ने भएमा सवारी साधनको प्रकृति हेरी दैनिक रू.५००।– देखि रू.१,५००।– सम्मको राहत रकम यस कम्पनीले सवारीधनीलाई दिने छ । तर चालु हालतमा नरहेको अवस्थामा सो साधनको मर्मत संभार गरिने भएको हँुदा उक्त रकम सवारीधनी लाई दिइने छैन । त्यसै गरी दुर्घटनापछि यदि चालक ५ दिनभन्दा बढी हिरासतमा बस्नु परेमा ५ दिनभन्दा बढी हिरासतमा बसेको समयको चालकलाई दैनिक रू.३००।– राहत रकम यस कम्पनीले सवारी चालकलाई दिने छ । तर चालक प्रहरीको हिरासतबाट मुक्त भई अदालतको आदेशले तारेखमा रहे वा कारागारमा थुनामा परेमा सो दिनदेखि सो दैनिक रू.३००।– रकम चालकलाई उपलब्ध गराईने छैन ।

कम्पनीले आर्थिक दायित्व नव्यहोर्ने अवस्थाः

सवारीधनीले निम्न अवस्थामा यस कम्पनी उपर दुर्घटना हुँदा भएको आर्थिक क्षति तथा अन्य सुबिधाको दावी गर्न पाउने छैन ।

  •  कम्पनीमा तोकिएको दस्तुर बुझाई आवद्ध नरहेको ।
  • कम्पनीमा तोकिएको दस्तुर बुझाई आवद्ध भएपनि सम्झौंताअनुसारको प्रति ट्रिप÷दैनिक÷मासिक शुल्क अग्रीम रूपमा तिरी सवारी साधन संचालन नगरेको ।
  •  सवारी साधनको वीमाको समय समाप्त भई वीमा फेल भएको ।
  • सवारी साधन नेपाल सरकारले तोकेको योग्यता नभएका तथा सवारी चालक अनुमति प्राप्त नभएका व्यक्तिले सवारी साधन चलाएको ।
  • सवारी चालकले कानुनले निषेधित गरेका पदार्थ सेवन गरी सवारी चलाएको प्रमाणित भएको ।
  • तोकिएको रूटभन्दा बाहिर गई सवारी साधन चलाउँदा दुर्घटना भएको ।
  • सवारीधनी तथा चालकले आफुले थाहा पाई कानुनले बर्जित गरेका समान ओसारपसार गरेको ।
  • सवारी साधनहरू अर्काे सवारी साधनसँग ठक्कर खाई दुर्घटना भएमा कुन सवारी साधनको गल्ती हो भन्ने स्थलगत स्क्याच आदि प्रमाणका आधारमा सवारी साधनको गल्ती नहँुदा नहुँदै पनि सवारीधनी तथा चालकले गल्ती स्वीकार गरी कम्पनीलाई अनावश्यक आर्थिक व्ययभार पारेको प्रमाणित भएको ।
  • सवारीधनीले दुर्घटना भएको व्यहोरा कम्पनीलाई जानकारी नगराई आफूखुसी कुनैपनि रकम भुक्तान वा मर्मत अनुसारको रकम भुक्तानी माग गरेको ।
  • नियतवस ढंगबाट दुर्घटना गराएको ।
  • दुर्घटनास्थल वा अन्य कुनैपनि अवस्थामा सवारी साधनको समान चोरी भएमा सो सरसामानको भुक्तानी माग गरेको ।
  • दुर्घटना भएपछि सवारी साधनको प्रति ट्रिप÷दैनिक÷मासिक शुल्क रकम बुझाएको प्रमाणित भएमा ।

दुर्घटना जानकारीको प्रक्रिया

  • सवारीधनीले दुर्घटना भएपछि सकेसम्म छिटो गरी सम्बन्धित सवारीधनीले १२ घण्टाभित्र कम्पनीमा दुर्घटनाको जानकारी दिनुपर्नेछ । जानकारी दिँदा अनिवार्य रूपमा लिखित दुर्घटना जानकारी गराउनु पर्नेछ । यसका लागि कम्पनीको फ्याक्स वा इमेलबाट समेत जानकारी दिन सकिनेछ ।
  • सवारीधनीले दुर्घटना पश्चात मुद्धा हेर्नुभन्दा अगाडि सवारीको कागजात, मञ्जुरीनामा, वीमासम्बन्धी कागजात कम्पनीमा बुझाउनु पर्ने भएकाले सो कागजातहरू तत्काल उपलब्ध गराउनु पर्नेछ ।

पेश्की खर्च सम्बन्धी व्यवस्थाः

भलाईकोष सदस्य सवारीहरू दुर्घटना भई घाइतेको उपचार वा मुद्धा किनारा लगाउनको लागि घटनाको प्रकृतिका आधारमा उक्त सवारीको निम्न कागजातहरू यस कम्पनीमा पेश गर्नु पर्नेछः

  • नियमानुसार वीमा भएको प्रमाण कागजात (पोलिसी)
  • वीमा जानकारी गराएको पत्र
  • प्रिमियम तिरेको रसिद
  • वीमा रकमको मञ्जुरीनामा
  • तमसुक कागजात
  •  सवारीको कागजात
  •  सदस्य सवारी साधनको प्रकृति हेरी कम्पनीलाई बुझाएको शुल्क रसिद

माथि उल्लेखित कागजात प्राप्त भएपछि मात्र सम्बन्धित वीमा र दुर्घटना शाखाको सिफारिस पछि सहसंयोजकको शिफारिसको आधारमा आवश्यकता अनुरूप पेश्की उपलब्ध गराइनेछ । तर सहसंयोजकको उपस्थिति नभएका कारण काममा बाधा उत्पन्न भई पेश्की पठाउन कठिनाई भएमा विधानतः कम्पनीका अध्यक्ष वा सदस्यले सम्बन्धित शाखाको शिफारिसका आधारमा पेश्की दिन सक्नेछन् ।

दुर्घटना पश्चात पाइने सेवा, सुविधाहरूः

यस कम्पनीको सदस्य भएका सवारीहरू दुर्घटना भएको अवस्थामा निम्नानुसार सुविधा उपलब्ध गराइनेछ ।

 मान्छे घाइते भएमा

  •  दुर्घटनाबाट घाइते सिकिस्त अवस्थामा भएमा माथि उल्लेखित अनुरूप जानकारी र कागजात प्राप्त भएपछि सकेसम्म छिटो गरी कम्पनीको प्रतिनिधि वा कर्मचारीलाई खटाई घाइतेको उपचारको व्यवस्था मिलाइने छ । घाइतेको औंषधी उपचारमा लाग्ने शुल्क कम्पनीले व्यहोर्ने छ । यसरी उपचारमा लागेको सम्पूर्ण खर्च अनुसारको सक्कल बिल भर्पाई कम्पनीले राख्नेछ ।
  • दुर्घटना पश्चात कम्पनीबाट उपचार गर्दा वा खर्च बहन गर्दा डिस्चार्ज गर्दासम्मको उपचार खर्च रकम कम्पनीले बहन गर्नेछ । अर्थात् दुर्घटना मुद्धालाई समयमै किनारा गराउनेतर्फ सवारीधनीले विशेष भूमिका निर्वाह गर्नुपर्नेछ ।
  •  उपचारको क्रममा स्टील प्लेट राख्नु परेको अवस्थामा स्टील प्लेट झिक्न लामो समय लाग्ने भई अग्रिम रूपमा घाइतेसँग मिलापत्र गर्नुपर्ने अवस्थामा स्टील झिक्न लाग्ने रकम कम्पनीले व्यहोर्ने छ । यसका लागि अस्पलातको सक्कल इस्टिमेट आवश्यक हुनेछ । तर यस अन्र्तगत व्यहोरिने रकम प्रचलित अस्पतालमा उपचार गर्दा लाग्ने दरसँग समान हुने गरी मात्र भुक्तानी दिइनेछ ।
  •  विरामीलाई खाना÷कुरूवा खर्चको हकमा अस्पताल भर्ना भएको दिन अनुसार (डिस्चार्ज स्लिपमा उल्लेख भए अनुसार मात्र) बिरामी र निजको कुरूवालाई प्रतिदिन रू.५००।–सम्म कम्पनीले स्वीकृत गरिनेछ ।
  •  बिरामीलाई उपचारका लागि लानु पर्दा अवस्था अनुसार एम्बुलेन्स भाडा वा प्लेन भाडा कम्पनीले बहन गर्नेछ । उपचार पश्चात डिस्चार्ज गर्नुपर्ने अवस्थामा भाडा भुक्तानी गर्नुपर्दा सामान्य सिटमा राखेर पठाउँदाको खर्च कम्पनीले व्यहोर्ने छ । साथै, स्टील राखेको एवं अत्यन्त जटिल अवस्थाको उपचार भई सामान्य सवारीमा लान नसकिने अवस्था भएको भए एम्बुलेन्स भाडासमेत कम्पनीले भुक्तानी दिनेछ । यी बाहेक सामान्य अवस्थामा एम्बुलेन्स वा अन्य सवारी रिजर्वमा पठाउनु पर्दा लाग्ने आवश्यक खर्च व्यहोरिने छ ।
  •  कम्पनीमा दुर्घटना जानकारी मात्र गराई बिरामीको अवस्था र उपचारबारे सम्पूर्ण जानकारी अद्यावधिक रूपमा नदिई पछि उपचार भएको सम्बन्धी कागजात पेश भएमा उक्त क्रममा माग अनुसार क्षतिपूर्ति प्रदान गर्न कम्पनी बाध्य हुने छैन । यस्तो क्रमको क्षतिपूर्ति कम्पनीको बोर्ड बैठकको निर्णयानुसार हुनेछ तर अस्पताल भर्ना नभएको हकमा भने उपचार खर्च बहन गरिने छैन ।
  •  सवारी दुर्घटनाबाट प्रहरी वा सैनिक वा निजामति कर्मचारी घाइते भई निजहरूको विभागीय अस्पतालमा उपचार हुँदा औषधी उपचारको बिल भर्पाई नहुने भएकोले मिलापत्र गर्नुपर्दा आपसी समझदारीमा भुक्तानी दिइनेछ । तर यस्तो अवस्थामा कम्पनी सदस्यको रोहवरमा स्थानीय प्रशासनिक निकायमा मिलापत्र गर्नुपर्नेछ ।
  •  भारतमा संचालन हुने सवारीहरूले संचालन पूर्व सो देशको कानुन अनुसार वीमा गराएको हुनुपर्नेछ । अन्यथा नेपालको वीमाभन्दा बढी हुने खर्च व्यवसायी स्वयंले बहन गर्नुपर्नेछ । प्रशासनिक खर्चको हकमा नेपालमा दुर्घटना हुँदा बराबरको सुविधा मात्र उपलब्ध गराइने छ । यसरी विदेशी भूमिमा हुने दुर्घटनाको सम्बन्धमा सवारीले सम्बन्धित देशको राजदुतावासबाट परमिट लिनु नपर्ने स्थानभित्र भएको दुर्घटनामा कम्पनीबाट मुद्धा जिम्मा लिइने छ ।
  •  सवारी दुर्घटना पश्चात वास्तविक चालक फरार भएमा सम्बन्धित सवारीधनीले सो चालकसँग सम्बन्धित विवरण, चालक लाइसेन्स र नागरिकताको प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ । उपलब्ध गराउन नसकेमा लाग्ने प्रशासनिक खर्च सवारीधनीले कम्पनीमा बुझाएपछि मात्र मुद्धा हेरिने छ ।
  •  सवारी दुर्घटना भई चालकको अदालतबाट फैसला भई जरिवाना लागेको हकमा हकमा जरिवाना रकम उपलब्ध गराइने छ ।

 उल्लेखित सुविधा लिन तपशिल अनुरूप कागजात आवश्यक पर्नेछ

  • सवारीको सम्पूर्ण कागजात (ब्लु बुक, जाँचपास, परमिट (नभएमा पटके), चालक लाइसेन्स)
  • सम्बन्धित वीमा कम्पनीको वीमा पोलिसी, वीमा जानकारी गराएको पत्र, कर बिजक, दावी फारम (बैंक भए छाप समेत)
  • सम्बन्धित सवारीधनीको मञ्जुरीनामा
  • प्रहरी प्रतिवेदन (विस्तृत विवरण र सबै घाइतेहरूको नाम अनिवार्य)
  • नगद बिल र सोलाई पुष्टि गर्ने प्रिस्क्रेप्सन (सक्कल)
  •  इमेरजेन्सी टिकट
  • रिफर भएको भए रिफर कागज
  • ट्रिटमेन्ट सिट
  •  डिस्चार्ज समरी सिट (सक्कल)
  •  परिक्षण गरिएका ल्याब÷प्रयोगशालासम्बन्धी सम्पूर्ण रिर्पाेटहरू ।
  • औषधी उपचार खर्च वास्तविक बिलको आधारमा मात्र दिइनेछ । एक अस्पतालबाट अर्काे अस्पताल लानु पर्दा पहिलेको अस्पतालको शिफारिसमा मात्र अनुमति दिइनेछ साथै अस्पतालबाट डिस्चार्ज भइसकेपछि पुनः सोही अस्पतालमा वा अन्य अस्पतालमा भर्ना हुनु पर्ने कारण देखिएमा कम्पनीले जिम्मा लिन सकिनेछ । मिलापत्र गरी केश फछर््यौट गर्नुपर्ने अवस्थामा कम्पनीको प्रतिनिधिको उपस्थितिमा मात्र मिलापत्र गर्न सकिनेछ ।

अंगभंग भएकोमा

  • स्थायी रूपमा अशक्त वा अंगभंग भएको सो खुल्ने डिस्चार्ज समरी (सक्कल)
  • अंगभंग भएकोबारे अस्पतालको आधिकारिक पत्र
  • प्रहरी प्रतिवेदन (व्यहोरा खुल्ने)
  •  अंगभंग हुनुभन्दा अघि र अंगभंग भएपछिको फोटो (अंगभंग भएको फोटोलाई प्रमाणित गर्ने)
  •  जिल्ला प्रशासन कार्यालयको पत्र
  • अंगभंग भएको व्यक्तिको परिचय खुल्ने कागजात (नागरिकता, जन्मदर्ता)

नोटः मानिस घाइते भएकोमा दुर्घटना मितिले ५ दिनभित्र घाइतेको सम्पूर्ण विवरणसहित भर्ना भएको अस्पतालको इमरजेन्सी टिकटको प्रतिलिपि अनिवार्य रूपमा कम्पनीमा पेश गर्नुपर्नेछ । साथै उपचारको क्रममा अंगभंग भएमा वा मृत्यु भएमा सोको जानकारी तत्काल यस कम्पनी र वीमा कम्पनीमा गराउनु पर्नेछ ।

मानिसको मृत्यु भएमा पाइने सेवा, सुविधाः

  • सदस्य सवारीको दुर्घटनाबाट मानिस (पैदल, सिटसवार वा मजदुर) को मृत्यु भएमा नेपाल सरकारको कानुन अनुसारको क्षतिपूर्ति रकम उपलब्ध गराइनेछ ।
  • पीडित पक्षले क्षतिपूर्ति नलिएको कारणबाट अदालतमा लाग्ने धरौटी, जरिवाना वा पुनरावेदन गर्दा लाग्ने कानुनी खर्च लगायत सम्पूर्ण खर्च कम्पनीले व्यहोर्ने छ ।
  • पीडित पक्षले क्षतिपूर्ति नलिएको वा विभिन्न कारणले गाडी कानुन अनुसार अदालतमा पेश हुँदा पनि गाडी नछाडेको अवस्थामा कम्पनी बोर्ड बैठकले निर्णय गरी गाडीधनीलाई राहत उपलब्ध गराइने छ ।
  • माथिको बुँदा उल्लेख गरिएको दुर्घटनाबाहेक अन्य दुर्घटना (वीमा गराइएका चालक, सहचालक, क्षमताअनुसारका यात्रु) हरूको सम्बन्धमा कम्पनीबाट कानुनमा उल्लेख भएअनुसारको क्रियाखर्च÷क्षतिपूर्ति उपलब्ध गराइनेछ ।
  • सवारीले आफ्नो प्रकृति अनुसार मात्र लोड गर्ने गराउने गर्नुपर्दछ । मालबाहक सवारीले सिट क्षमताभन्दा बढी यात्रु बोकेको वा यात्रुबाहक सवारीले सामान लोड गरेको अवस्थामा दुर्घटना भई मानिस घाइते भएमा सोको दायित्व कम्पनीले बहन गर्ने छैन ।

 यसका निमित्त सवारीधनीले उपलब्ध गराउनु पर्नेः

  • सवारीको सम्पूर्ण कागजात (ब्लु बुक, जाँचपास, परमिट (नभएमा पटके), चालक लाइसेन्स)
  • सम्बन्धित वीमा कम्पनीको वीमा पोलिसी, वीमा जानकारी गराएको पत्र, कर बिजक, दावी फारम (बैंक भए छापसमेत)
  • प्रहरी प्रतिवेदन (घटनाको प्रमाणित र जिल्ला प्रशासन कार्यालयलाई गरिएको शिफारिस)
  • जिल्ला प्रशासन कार्यालयले वीमा कम्पनीलाई गरेको आदेश पत्र
  • अग्रिम क्रिया खर्च बुझाएको भए सोको भर्पाई
  • मृतक पक्षको जाहेरी दरखास्त
  • सम्बन्धित चालकको बयान
  • घटनास्थल प्रकृति मुचुल्का
  • लास जाँच मुचुल्का
  • लास सद्गद्का लागि दिइएको पत्र
  • शव परिक्षण प्रतिवेदन
  • मृत्युदर्ता प्रमाण पत्र
  • नाता प्रमाणित प्रमाण पत्र (विवाहिताको हकमा विवाह दर्तासमेत)
  •  हकवाला खुल्ने कागजात (गा.वि.स.वा नगरपालिकाबाट)
  • मृतक हकवालाको नागरिकताको प्रमाण पत्र
  • मृतक रहेको अवस्थाको फोटो र पत्रिकाको समाचार कटिङ्ग
  • अभियोग पत्र

धनदायित्व

यस क्रममा अन्य आवश्यक पर्ने अन्य नियमहरूः

  • भलाईकोष अन्र्तगत दुर्घटना क्षतिपूर्ति प्रदान गर्दा सवारीलाई पूर्ण रूपमा नयाँ अवस्थामा ल्याउन नभई दुर्घटनापूर्वको अवस्थामा आउने गरी मात्र क्षतिपूर्ति प्रदान गरिनेछ । अर्थात् सवारीधनीले आफ्नो वीमा दावीका लागि वा आफ्नो इच्छाअनुसार सवारीको रूप नै परिवर्तन गर्नका लागि सवारी पूरै मर्मत गरेको भएपनि कम्पनीबाट मूल्याङ्कन गरिए अनुसार मात्र सुविधा उपलब्ध गराइने छ
  • घटनाको १५ दिन भित्रमा क्षतिको मूल्याङ्कन गराइसक्नु पर्नेछ ।
  • सवारी दुर्घटनापश्चात अनिवार्य रूपमा मर्मत गर्नुपर्नेछ । यदि मर्मत नगरी संचालन गरेको अवस्थामा पुनः दुर्घटना भएमा दुर्घटनाको क्षतिपूर्ति दिइने छैन ।
  •  दुर्घटना बाहेकको अवस्थामा हुने क्षति, लोड हुने सामानको प्रकृतिले गर्दा हुने क्षति, सवारीको क्षमताभन्दा बढी सामान लोड गरेको कारणबाट सवारीमा हुने क्षतिहरूको कम्पनीबाट दावी भुक्तानी दिइने छैन ।
  •  सवारी एकआपसमा ठक्कर लाग्दा ठक्कर लाग्ने सवारीको नम्बर र धनीको फोन नम्बर अनिवार्य दिनुपर्नेछ । नम्बर उल्लेख नहुने अवस्थामा दुर्घटनामा केशको छानवीन पछि मात्र रकम भुक्तानी दिइनेछ ।
  •  सवारी चलाउन सिकाउने (ड्राइभिङ इन्ष्टिच्युट) को प्रयोजनका लागि प्रयोग हुने सवारी दुर्घटना भएमा सुविधा उपलब्ध गराइने छैन ।
  • यात्रुबाहक सवारी जुन रूटमा संचालनको लागि दर्ता भएको हो सोही रूटमा भएको दुर्घटनाको मात्र क्षतिपूर्ति दिइनेछ । रिजर्व गएको अवस्थामा दुर्घटना भएको भए ट्रिप शुल्क वा रिजर्व शुल्कमा उल्लेख भएको गन्तव्य स्थान÷रूटबाहेकमा भएको दुर्घटनाको क्षतिपूर्ति उपलब्ध गराइने छैन ।

सवारी दुर्घटनाबाट धनदायित्व दावीका लागि आवश्यक पर्ने कागजात र नियमहरूः

  • दुर्घटना हुने वित्तिकै घटनाबारे कम्पनीमा जानकारी गराएको हुनुपर्नेछ । दुर्घटनाको विस्तृत जानकारी लिखित रूपमै कम्पनीको कार्यालयमा पेश गरेको हुनुपर्नेछ ।
  •  सवारी पल्टिएको अवस्थामा कम्पनीको पूर्व स्वीकृति लिएर दुर्घटनास्थल र सवारीको अगाडि र पछाडिबाट नम्बरप्लेट स्पष्ट देखिने गरी फोटो खिचेर सवारी उठाउन सकिन्छ । सवारी उठाउने क्रमको फोटोसमेत अनिवार्य हुनेछ ।
  • वीमा कम्पनी प्रयोजनका लागि गर्नुपर्ने प्रक्रिया भने सम्बन्धित वीमा कम्पनीका नियम र प्रक्रिया अनुसार गर्नु पर्नेछ ।
  • सवारी एकआपसमा ठक्कर लागेको अवस्थामा तत्काल घटनास्थलको फोटो खिचाउनु पर्नेछ । यस्तो अवस्थामा ठक्कर लाग्ने सवारीको नम्बर र उक्त सवारीका चालक र सवारीधनीको टेलिफोन नम्बर र सो सवारीको कागजात समेत अनिवार्य हुनेछ ।

 दुर्घटना जानकारी भएपछि गरिने उद्धारः

घटना हुँदाको तत्कालिन अवस्थामा कम्पनीले बढीमा ३० कि.मी. को फरकमा उद्धार कमिटीका सदस्यको व्यवस्था गरेको हुन्छ साथमा रहेको हटलाइनमा जानकारी गराउनु पर्नेछ । जसले गर्दा तपाईंको सवारी साधन दुर्घटना भएको अवस्थामा दुर्घटनाको प्रकृति हेरी बढीमा १२ घण्टाभित्र पर्याप्त उद्धार गर्न सकियोस् ।

 सवारीधनीको कागजी दायित्वः

सवारी साधनका ब्लुबुक, परमिट, जाँचपास, वीमा नवीकरण र चालक अनुमति पत्र जस्ता कागजातहरू सदैव नियमित गर्दै परिवर्तित कागजातको प्रतिलिपि सवारीधनीले अनिवार्य कम्पनीको कार्यालयमा उपलब्ध गराउनु पर्नेछ । त्स्ता कागजातको समयावधिका बारेमा सवारीधनीलाई कम्पनीले जानकारी गराउने छ ।

 सवारीधनीको कानुनी दायित्वः

  • सवारी चालकले चलाएनुसारको अनुमति पत्र अनिवार्य हुनुपर्ने ।
  • कानुनले प्रतिबन्ध गरे अनुसारका पदार्थ सेवन गरी सवारी संचालन नगराउने ।
  •  सवारी साधनको सिट क्षमता र भारबहन क्षमतालाई ध्यान दिने ।
  •  कानुनले तय गरेअनुसार बालश्रम अन्र्तगत उमेर नपुगेका नावालकहरूलाई सहचालक, परिचालक राख्न पाइने छैन ।

 कम्पनीले सवारीधनीलाई दिने थप सुविधा सम्बन्धमाः

  • कुनैपनि सवारीधनीको सवारी साधनको वीमा तेस्रो पक्ष वीमा मात्र भएको अवस्थामा दुर्घटनाबाट तेस्तो सवारी साधन पूर्ण क्षति वा मर्मत हुन नसक्ने अवस्थामा आएको खण्डमा जुनसुकै प्रकृतिका सवारी साधन भएपनि राहतस्वरूप रू.२५,०००।०० रकम उपलब्ध गराइने छ ।
  • सवारी संचालन गर्दा वर्षभरिमा दुर्घटना नघटाएका अनुशासित र इमान्दारिताका आधारमा प्रतिवर्ष ३१ जना सवारीचालक छनौट गरी नगद पुरस्कार सहित सम्मान पत्र प्रदान गरिनेछ ।

 सदस्य सवारी साधन दुर्घटना भएमा उद्धारमा कम्पनीको व्यवस्थापनः

  • सडक दुर्घटना हुँदा जनधनको क्षति अन्र्तगत तत्काल उद्धार कार्यमा कम्पनीको प्रतिनिधिको उपस्थिति गराउने उद्देश्यले सडक खण्डमा बढीमा ३० कि.मी. को अन्तरमा पर्ने गरी दक्ष जनशक्तिको व्यवस्थापन गरिएको छ । जस्ले गर्दा जस्तोसुकै समय र अवस्थामा पनि प्रभावकारी ढंगबाट उद्धार गरियोस् ।
  • उद्धार कार्य अन्र्तगत सकेसम्म कटर मेशिन, क्रेन, एम्बुलेन्सजस्ता आवश्यक र पर्याप्त मात्रामा उद्धार सामाग्री व्यवस्था गरिनेछ ।
  • राज्यका आवश्यक अंगसँग सहकार्य गरी दुर्घटना न्यूनिकरण कार्यक्रम संचालन गर्ने जस अन्र्तगत ३६५ दिन (सरकारी विदाबाहेक) क्यालेण्डरअनुसार विभिन्न क्षेत्रमा परिणाममुखी दुर्घटना न्यूनीकरण कार्यक्रम संचालन गर्ने ।
  •  सदस्य सवारी साधन जस्को व्यापक वीमा भएको छ त्यस्ता सवारी साधन दुर्घटना भई पूर्ण क्षति भएमा उक्त सवारी साधनको विमित मूल्य र बजार मूल्यलाई आधार मानी क्षतिपूर्ति दिइनेछ ।
  • दुर्घटनाबाट घाइते भएका विरामीलाई आवश्यक र भरपर्दाे उपचारका लागि सम्बन्धित अस्पतालले नै पूर्ण ग्यारेन्टी गरी उपचार गर्ने व्यवस्था मिलाइनेछ ।

नोटः कम्पनीले आयोजना गरेका दुर्घटना न्यूनिकरणका कार्यक्रममा कम्पनीसँग आवद्ध सवारीधनी र सो सम्बन्धित मजदुर कर्मचारीको अनिवार्य उपस्थिति भई अन्य सर्वसाधारणलाई समेत सहभागी गराईदिन अनुरोध गरिन्छ ।