परिचय

सवारी दुर्घटनाका कारण भएको धनजनको क्षति तथा जसलाई गर्नुपर्ने व्यवस्थापन अन्र्तगत देखिएको अस्तव्यस्तताले आज मुलुक आक्रान्त भएको छ । न्यूनतम भएका मूल्यमान्यता र सिद्धान्त पनि दिनानुदिन ओझेल पर्दै जानाले आगामी दिनमा सवारी दुर्घटनाबाट हुने जनधनको क्षति र सो क्षेत्रमा भएको लगानी असुरक्षित, अव्यवस्थित हुँदै गएको परिप्रेक्ष्यमा कसरी यसको व्यवस्थापन, प्रवद्र्धन र संरक्षण गर्न सकिएला भन्ने उद्देश्य राखी हालसम्मका मूल्य मान्यता, सिद्धान्त र कानुनको अधिनमा रही नेपाल सरकार कम्पनी रजिष्ट्रारको कार्यालयमा यूनाइटेड नेपाल ट्रान्सपोर्ट भलाई एण्ड इन्भेष्टमेन्ट प्रा.लि. नामक कम्पनी दर्ता गरी सो कम्पनीको माध्यमबाट यो क्षेत्रलाई वैज्ञानिक ढङ्गबाट व्यवस्थित पार्दै लैजाने । जसले गर्दा मृतक परिवार, घाइतेलाई नियमानुसार तत्कालै क्षतिपूर्ति तथा भरपर्दाे औषधोपचारको प्रबन्ध मिलाउदै सवारी साधनको क्षति समेतलाई यथोचित व्यवस्थापन गर्ने हाम्रो प्रयास हो ।

सुरक्षित र गुणस्तरीय सडक संरचनाको अभावका कारण मुलुकमा सडक दुर्घटनाको दर उच्च रहेको छ । ऐन÷नियमहरुको प्रभावकारी कार्यान्वयनको अभाव र पेशागत दक्षताको कमी कमजोरीका बीच यस क्षेत्रमा विभिन्न चुनौतीहरु थपिदै गएकाले यातायात व्यवसायीहरुको पेशागत हकहितको संरक्षण र सम्बद्र्धन गर्न सशक्त पहलको नितान्त आवश्यक्ता छ । यातायात व्यवसायीहरुको पेशा संचालनका क्रममा आइपर्ने बाधा व्यवधान र जोखिम आदिलाई ध्यानमा राखी कम्पनीले आफ्नो घोषित उद्देश्य अनुसार आफ्ना सदस्य सवारीसाधनहरुको दुर्घटनाको जोखिमबहन र जोखिम न्यूनिकरणका लागि सशक्त संस्थागत प्रयास गर्दै आएको छ । यसै सन्दर्भमा आफ्ना सदस्य सवारीहरु दुर्घटना भई मानिसको मृत्यु भएमा, मानिस घाइते वा सवारीको क्षतिको हानी नोक्सानी वा क्षति निराकरण र नियन्त्रण तथा आर्थिक संरक्षण प्रदान गर्नका लागि आवश्यक नीति नियम आवश्यक्ता अनुसार परिमार्जन गर्दै जानेछ ।

करिब शतप्रतिशत निजी क्षेत्रबाट संचालित यातायात व्यवसायलाई सर्वशुलभ, भरपर्दाे र समयसापेक्ष सेवा दिनु आजको आवश्यकता हो । व्यवसायीहरुलाई सुरक्षित गर्न हालसम्म निजी क्षेत्रबाट बनेका अनेकौ विधिहरु परिमार्जन गर्दै जाने क्रममा दुर्घटना न्यूनिकरण, दुर्घटना भएमा त्यसबाट उत्पन्न हुने समस्याहरु निराकरण गर्न यस कम्पनीले अपनाउने विधिले सबै पीडित पक्षलाई दिइने राहत, घाइतेहरुलाई उपचार गर्ने विधि वैज्ञानिक प्रकारको हुने, सवारी साधन दुर्घटना हुँदा व्यवसायीहरुले व्यक्तिगत रुपमा बेहोर्नुपरेको आर्थिक व्ययभार, हैरानीबाट मुक्त गर्न समयसापेक्ष प्रचलित ऐन कानुनहरुमा हुनुपर्ने परिमार्जन, दुर्घटना न्यूनिकरण गर्न अपनाउनु पर्ने सजकताबारे अभिमुखीकरण तालिमको व्यवस्था गर्न नेपाल सरकार, यातायात व्यवसायी महासंघसहित सरोकारवाला निकायहरुसँग सहकार्य गर्न अति आवश्यक देखिन्छ । यस्तो कामको लागि यस कम्पनीले लिएका उद्देश्यहरु प्रभावकारी रुपमा लागू गर्न सबैको ध्यान पुग्नु पर्नेछ । यातायात जस्तो महत्वपूर्ण सेवा जसलाई राष्ट्र निर्माणको मेरुदण्ड नै मानिन्छ । त्यो आज कुनै पनि प्राथमिकता भित्र परेको छैन ।